क्रान्तिको महान प्रकृयामा टिक्न नसकेका ‘कचराहरु’ भन्दै विप्लवले निकाले कडा विज्ञप्ति

क्रान्तिको महान प्रकृयामा टिक्न नसकेका ‘कचराहरु’ भन्दै विप्लवले निकाले कडा विज्ञप्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पोलिटब्यूरो सदस्य पदम राईलाई कारबाही गरेको घोषणा गरेको छ । राई आइतबार बिहान सत्तारुढ नेकपामा प्रवेश गरेलगत्तै उनलाई कारवाही गरेको घोषणा गरेको छ ।

राई नेकपा प्रवेश गरलगत्तै विप्लवको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गर्दै पार्टी विरुद्धका गतिविधिमा संलग्न रहेका तथा दलाल पुँजीपति सरकारलाई सहयोग गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका छन् ।

‘क्रान्तिको कठिन तर महान प्रकृयामा टिक्न नसकेका कयाैं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यतिकै सत्य हो’ प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।