प्रहरी चौकी आक्रमणबारे बोले विप्लव – सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन

प्रहरी चौकी आक्रमणबारे बोले विप्लव – सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको समाचार बाहिरिएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सो समाचारको खण्डन गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै सोलु घटना सरकारी षडयन्त्र भएको उल्लेख गरेका छन् ।

उनले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको कुनै नीति नभएको प्रस्ट पारेका छन् । उनले सरकारले ‘फेक न्युज’ल्याएको पनि उल्लेख गरेका छन् ।