कञ्चनपुर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले पश्चिम नेपालका कञ्चनपुर, कैलाली र अछामका स्थानीय तहमा तालाबन्दी गरेका छन् ।
पार्टीको सेती महाकाली व्यूरोको नामबाट तालाबन्दी गरिएका कार्यालय अगाडी संसदीय व्यवस्था अन्त्य र सरकार खारेजीको माग गरिएका पर्चा समेत छाडिएको छ ।
विप्लवका कञ्चनपुर सेक्रेटरी राजेन्द्र विष्ट(परिवर्तन)का अनुसार कञ्चनपुरका ९ वटा र अछामका १२ वटा र कैलालीका धेरै जसो स्थानिय तहका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
स्थानीय तहमा व्याप्त भ्रष्ट्राचार र पार्टीका कार्यकर्ताको धरपकडसंगै झुटो मुठभेडका नाममा हत्या गर्ने श्रृङखला बढाउँदै लगेकाले त्यसको विरोध स्वरुप प्रथम चरणको घोषित कार्यक्रम अन्र्तगत तालाबन्दी गरिएको पार्टीका नेताहरुले बताएका छन् ।
देशमा व्याप्त भ्रष्ट्राचार, महंगी, चर्को कर असुली व्याप्त रहेको उल्लेख गर्दै उनले जनताको सार्वजनिक विकास गर्नु पर्ने रकम व्यक्तिगत मुनाफाका लागि दुरुपयोग गरिएकाले त्यसकाविरुद्ध आन्दोलन चर्काउने सेक्रेटरी विष्टले बताए ।
दोश्रो चरणको कार्यक्रम अन्र्तगत स्थानिय तह खाली गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।




प्रतिक्रिया