विप्लवका शक्तिशाली नेता नै यौन काण्डमा !

विप्लवका शक्तिशाली नेता नै यौन काण्डमा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारद्वारा प्रतिबन्धित नेकपामा सांस्कृतिक विचलन देखा परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र प्रभावशाली मानिएका केही कार्यकर्ता नै यौन काण्डमा मुछिएका हुन् ।

सांस्कृतिक कमजोरी गरेका क. राकेशलाई सो पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ । यस्तै विभिन्न स्थान र समयमा बन्दी जीवन व्यथित गरिरहेका पार्टी नेता–कार्यकर्तामाथि मारपित गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने तयारी पनि सो पार्टीले गरेको छ ।

विप्लव समूहले सामाजिक विसंगतिविरुद्ध हात हाल्ने तयारी गरेको विवरणसहित जनआस्था साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।