प्रचण्ड गलत बाटोमा लागेका कारण नेकपामा संकट आयो : विप्लव

प्रचण्ड गलत बाटोमा लागेका कारण नेकपामा संकट आयो : विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र बाबुरामले जनयुद्धका एजेण्डा छाडेकाले मुलुक राजनीतिक जटिलतामा फसेको आरोप लगाएका छन् । कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी सम्वद्ध अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलन उदघाटन गर्दै महासचिव विप्लवले प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण मुलुक संकटमा फसेको आरोप लगाए ।

उनले भने ‘जनयुद्धलाई प्रचण्ड र बाबुरामजीले गलत तरिकाले अन्त्य गरेका कारण आजको समस्या आएको हो । उहांहरुकै कारण देश, जनता र क्रान्तिलाई धोका भयो ।’

पुर्व माओवादी नेताहरु प्रचण्ड र बावुराप्रति आक्रमक रुपमा प्रस्तुत भएका महासचिव विप्लवले माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाईको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा लागेका कारण नेकपामा संकट आएको दावी समेत गरे । उनले त्यहि गलत बाटोमा हिंडेका कारण प्रचण्ड पूर्वमाओवादी केन्द्र र भट्टराई मधेसवादी दलको मात्र नेतामा खुम्चिन पुगेको आरोप लगाए ।

उनले पुजीवादी व्यवस्था असफल भएको भन्दै वैज्ञानिक समाजवाद र पुजीवादी व्यवस्थाबीच कुन ठिक हो भनेर जनमत संग्रह गर्नुपर्ने माग समेत गरेका छन् ।