विप्लव समूहलाई प्रतिबन्ध लगाएको सरकारद्वारा पुष्टि,अवैध हतियार बुझाउन ३५ दिने अल्टिमेटम


काठमाडौं – सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएसंगै सरकारले अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको हो।

बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।  विप्लव समूहका कार्यकर्ताहरू ठाउँठाउँबाट अवैध हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले त्यस्ता हतियार बुझाउन ३५ दिने अल्टिमेटम दिइएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।

उनले सरकारले जारी गरेको सूचनाभित्र हतियार बुझाउनेलाई त्यस्ता हतियार राखेवापत् कुनै कानुनी कारबाही नहुने बताए। उनले विप्लव समूहलाई ‘आपराधिक तथा विध्वंशकारी’ घोषणा गरी प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय गरेको जानकारी दिए। ‘त्यस समूहलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गर्न आवश्यक थियो,’ उनले भने, ‘त्यही काम सरकारले गरेको हो।’

त्यस्तै सकारले अवैध हातहतियार तथा खरखजना नियन्त्रणमा लिन सूचना जारी गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए। अवैध तथा दर्ता नभएका हातहतियार तथा खरजना ३५ दिनभित्र जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनालाई बुझाउन सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement