काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिस्ट (बहुमत) पार्टी गठन गरेको छ । काठमाण्डुमा आज पत्रकार सम्मेलन गरेर असन्तुष्ट पक्षले धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को संयोजकत्वमा नयाँ पार्टीको घोषणा गरेको हो ।
पार्टीको नवौं महाधिवेशन आगामी १ फागुनमा काठमाण्डुमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गरेका छन् ।
उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले जानकारी दिए ।
उनका अनुसार पार्टीको कार्यनीति भने राजनीतिक स्थायीत्व, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनता रहेको छ ।
नेता बाँस्तोलाले एमालेँसग मिलेर ‘विप्लवले धोका दिएकाे आरोप लगाए । उनले भने, ‘अधिकांश साथीहरुको असहमतिका बाबजुद चुनावमा सहभागी हुने निर्णय भयो । फेरि उस्तै संसदीय राजनीतिको फोहोरी खेलबाट वैज्ञानिक समाजवाद सम्भव छैन । एमालेसँग मिलेर उहाँहरुबाट धोका भएपछि पार्टी विभाजनको विकल्प रहेन ।’
विप्लव समूहले वैज्ञानिक समाजवादको बाटो बीचमै छाडेको उनको आरोप छ । उनले राजनीतिक स्थिरता, स्वाधीन संयुक्त सरकार, सामाजिक रुपान्तरण र समृद्धीको कार्यदिशालाई पार्टीले सशक्तरुपमा अघि बढाउने पनि बताए ।
बास्तोलाले हरेक नागरिकमा जन्मसिद्ध जमिनको मालिक हुनुपर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एमसीसीले मुलुकलाई युक्रेन बनाउने भन्दै त्यसको विरोध गरे ।




प्रतिक्रिया