काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) विरुद्ध को विरोधमा विप्लव नेतृत्वको नेकपाले साताव्यापी संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।
साथै नेकपाको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाण्डुमा अन्तरक्रिया आयोजना गरेको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।
सरकारले कुनै पनि हालतमा संघीय संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेपछि विप्लव नेतृत्वका नेकपासहित २२ राजनीतिक दलले विरोध गर्ने घोषणा गरिसकेका छन् ।
यस्तो छ एमसीसीविरुद्ध साताव्यापी सङ्घर्षका कार्यक्रम :
२३ गते बुधबार देशव्यापी कोणसभा
२५ गते देशव्यापी विरोध प्रदर्शन
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने
२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा




प्रतिक्रिया