विप्लव नेतृत्व नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की पक्राउ

विप्लव नेतृत्व नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पक्राउ परेका छन्। विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट पक्राउ परेका हुन्।

उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ ।

उनी यसअघि पनि पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए। गत मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लवको पार्टीलाई आपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालयअगाडि केही समयअघि विप्लव समूहले बम विस्फोट गराउँदा एक जनाको ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए।