विप्लब समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

विप्लब समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि गृहमन्त्री राम बहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा गृहमन्त्री थापासँगै प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली घोषणा गरिएको जानकारी दिएका हुन् ।

केही दिनअघि विप्लवले एक विज्ञप्ति जारी गर्दै आफुहरु सरकारसँग वार्ता गर्न तयार रहेको बताएको थियो । अव छिट्टै सो समूहको पनि वार्ता टोली सार्वजनिक गर्ने र छलफल अघि बढाइने प्रवक्ता गुरुङले जानकारी दिए ।