सरकार र विप्लव समस्या समाधानतर्फ अग्रसर छैनन् : नेता सिटौला

सरकार र विप्लव समस्या समाधानतर्फ अग्रसर छैनन् : नेता सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लवका नाममा मुलुकमा हत्या, हिंसा र आतंक सुरु भएको भन्दै उनले समस्याको समाधान गर्न नसक्नु सरकारको कमजोरी भएको बताएका छन् ।

मंगलबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले भने, ’विप्लव बम पड्काएर जनता आतंकित पार्छ। सरकार समस्याको समाधानभन्दा पनि द्वन्द्वलाई थप चर्काउन खोज्छ।’ सरकारको दम्भ र विप्लवको आतंक दुवै जनहित विपरित रहेको सिटौलाको टिप्पणी रहेको छ।
सरकार र विप्लव दुवै पक्ष समस्या समाधानतर्फ अग्रसर नभएको बताउँदै सिटौलाले विगतको जस्तो द्वन्द्व चर्काउन नहुने र यसतर्फ दुवै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।’विप्लवको गतिविधि हेर्दा मुलुकलाई पुरानै दर्दनाक अवस्थामा र्पुयाउने कुचेस्टा भएको देखिन्छ,’ उनले भने, ’अब पनि नेपालीले रगत बगाउनुपर्ने दिन आएमा सबैका लागि दुर्भाग्यपूर्ण हुनेछ।’ दुई तिहाइको नेकपा सरकारको एक वर्षे कार्यकाल सन्तोसजनक नभएको भन्दै सिटौलाले सरकारको काम कारबाहीको आलोचना समेत गरे।