काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई चेतावनीपूर्ण शैलीमा वार्तामा आउन सरकारले आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटा विप्लवको दलप्रति निकै आक्रोशित रूपमा प्रस्तुत भएका थिए।
उनले ’सर्वनाशको बाटोमा’ हिडेको टिप्पणी गर्दै भने, “धम्क्याइरहने, कमिसन माग्ने, ठेक्का(पट्टा आदि सबैलाई त्राहिमाम बनाउने, धन कमाउवाला लुटेरा समूह हो, लुटपाट र आतङ्कको धन्दा गरिराख्ने हो भने क्षति बेहोर्ने उहाँहरूले नै हो। यो जङ्गली राज त चल्दैन। हाम्रो अनुरोध छ – समय छ, आउनुस् छलफल गरौँ। मन्त्री बाँस्कोटाले भने, “कुरा क्रान्तिकारी गरे पनि विप्लव भन्ने आतङ्ककारी समूहले दक्षिणपन्थीहरूको सेवा गरिरहेको छ।“मुलुकमा खैलाबैला उत्पन्न हुने सम्भावना कृष्ण सिटौला राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठले त्यो वार्ताको निम्ता दिने भाषा नभएको समेत बताएका थिए।
सरकारले इतिहासबाट पाठ नसिकेको उनको बुझाइ छ। विगतमा माओवादी विद्रोह सुरु हुँदा तत्कालीन सरकारले प्रशासनिक समाधान खोजेको उदाहरण दिँदै उनले अहिलेको सरकारले त्यही बाटोमा हिँड्न खोजेको बताए। संविधानसभाको सदस्य रहिसकेका राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ विगतका नागरिक आन्दोलनका एक अगुवा पनि हुन् ।
प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीमा रहेका नेत्रविक्रम चन्दको दलले निर्वाचन बहिष्कार गरेको थियो। सशस्त्र संघर्षको औपचारिक घोषणा नगरेको उक्त दलले बेला बखत हुने गरेका हिंसाको जिम्मेवारी लिँदै आएको छ। हिंसात्मक गतिविधि बढेसँगै उसप्रति सरकारको आक्रोश पनि बढेको देखिन्छ। सरकारले २०७५ फागुन २८ गतेबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । त्यसलगत्तै सरकारले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउँदै धरपकड र पक्राउसमेत गरिराखेको छ ।




प्रतिक्रिया