विप्लवको समर्थनमा रेखा थापा, नरबहादुर कार्की पक्राउबारे के भनिन् ?

विप्लवको समर्थनमा रेखा थापा, नरबहादुर कार्की पक्राउबारे के भनिन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विप्लव समूहका नेता कार्यकर्ता पक्राउको विरोधमा निरन्तर बोलीरहेकी अभिनेत्री रेखा थापाले विप्लवका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउको खुलेर विरोध गरेकी छन् ।

कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

त्यसको विरोधमा थापाले फेसबुकमार्फत एक स्टाटस लेख्दै आक्रोश पोखेकी छन् । उनले लेखेकी छन्, ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्रा्िष्ट्रय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ । धकेलेर, भर्खरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’

अभिनेत्री थापाले ‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ भनेर प्रश्न उठाएकी छन् ।

सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक हुन् । कार्की गएको बर्ष मात्रै विप्लव समूहमा प्रवेश गरेका थिए ।

हिंसात्मक गतिविधिको विरोध गरे पनि अभिनेत्री थापाले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहको समर्थनमा निरन्तर लागिरहेकी हुन्छिन् ।