विप्लवका कार्यकर्ताले सुर्खेतमा यात्रु ओरालेर बस जलाए

विप्लवका कार्यकर्ताले सुर्खेतमा यात्रु ओरालेर बस जलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सोमबार विभिन्न जिल्लामा आगजनी तथा बम आतंक सिर्जना गरेको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार मकवानपुर, बारा र सुर्खेतमा गाडीमा आगो लगाइएको छ भने देशका दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन्।

गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले गोचेखोलामामा पुगेपछि आगो लगाएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेको समयमा चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल हालेर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै बम जस्तो शङ्कास्पद वस्तु भेटिएको छ भोजपुरमा कार्यकर्ता तीर्थराज घिमिरे प्रहरीको गोलीबाट मारिएको विरोधमा विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ ।

बन्द सफल पार्न भन्दै विप्लवले मकवानपुर र बारासहितका जिल्लामा सवारीसाधन जलाएका छन् । त्यसैगरी ठाउँ ठाउँमा बम र शंकास्पद बस्तु राख्दा जनजीवन त्रसित भएको छ। बन्दको पूर्वसन्ध्यामा हिजो राजधानीमा टाइम बम बनाउने क्रममा भएको विस्फोटमा विप्लवका कार्यकर्तासहित चारनजनाले ज्यान गुमाएका थिए।