काठमाण्डु – नेत्रविक्रम चन्द (विप्लव) समूहको नवौं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अहिलेको शासन प्रणाली असफल भएको निष्कर्ष निकाल्दै सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमत संग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
उसले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ । महाधिवेशन अघि मंसिर ८ गते काठमाण्डुमा सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको जनाइएको छ ।




प्रतिक्रिया