विप्लव कार्यकर्ताद्वारा दुई ट्रकमा आगजनी

विप्लव कार्यकर्ताद्वारा दुई ट्रकमा आगजनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मकवानपुरमा दुई वटा गाडी जलाएका छन्। मकवानपुर चौकिटोलमा सोमबार बिहान ना ७ ख ९४९३ नम्बरको खाली ट्रकमा आगो लगाएका हुन्।

उक्त ट्रक जल्दा जल्दै प्रहरीले आगो निभाएको थियो। ट्रकको अगाडिको केही भाग जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। यस्तै, थाहा नगरपालिकामा पनि आइतबार राति ना ६ ख ८००७ नम्बर ट्रक जलाएको छ।

थाहा नगरपालिकाबाट हेटौंडातर्फ ट्रकमा आगजनी गर्दा पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार हेटौंडाको बुद्धचोकमा राति भेटिएको भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले सोमबार बिहानै निष्कृय पारेको छ। प्रदेश ३ को राजधानी समेत रहेको हेटौँडामा नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक परिचालन गरिएको छ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए।