विप्लवका उपत्यका इन्चार्ज हितमान बानेश्वरबाट पक्राउ

विप्लवका उपत्यका इन्चार्ज हितमान बानेश्वरबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ बानेश्वरबाट पक्राउ परेका छन् । उनलाई सोमबार बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी पूर्व राज्यमन्त्री समेत हुन् । उनी नक्खु बम विस्फोटको घटनामा समेत संलग्न रहेका थिए । यसअघि उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि उनी इन्चार्ज भएका थिए ।