चितवन– नेत्रविक्रम चन्द नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ परेका छन्।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले नेकपाका जिल्ला इन्चार्ज लालबहादुर विसीसहित १६ जनालाई पक्राउ गरेको हो।
चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्दैछन्। विप्लव नेतृत्वको नेकपाले उम्मेदवार लक्षित बम आक्रमण गर्न थालेपछि प्रहरीले पक्राउ गर्न थालेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको छ।




प्रतिक्रिया