महासचिव विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी

महासचिव विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

काठमाण्डु जिल्ला अदालतले महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारले दायर गरेको राज्य विरुद्धको कसूर मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पूर्जी जारी गरिएको अदालतले जनाएको छ ।