इलामको उपचुनावमा विप्लव नेकपाले एमालेका नेम्वाङलाई सघाउने

इलामको उपचुनावमा विप्लव नेकपाले एमालेका नेम्वाङलाई सघाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी वैशाख १५ गते हुने उपचुनावमा इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सहयोग गर्ने भएको छ ।

यसअघि उनलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

शनिबार विप्लव नेतृत्वको नेकपाका इलाम इन्चार्ज मौसम सीसँग एमाले र माओवादीले सहकार्य गर्ने सहमति गरेका छन् ।

एमाले, माओवादी र नेकपाले संयुक्त अपिल जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका छन् ।

अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इन्चार्ज मौसम सीले हस्ताक्षर गरेका छन् ।

अपिलमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको जनाइएको छ ।

सुहाङका बुवा समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि प्रतिनिधिसभा सदस्य पद रिक्त छ । रिक्त पदका लागि निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपचुनाव गर्दैछ ।