केही समयपछि सरकार नै भताभुङ्ग हुने महासचिव विप्लवको आशंका

केही समयपछि सरकार नै भताभुङ्ग हुने महासचिव विप्लवको आशंका


काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा सहभागी मान्छेहरूको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको आशंका गरेका छन् ।

जनश्रम कृषि सहकारी संस्था लिमिटेडले शनिबार आयोजित कार्यक्रममा उनले सरकारमा बसैकै मान्छेमा देखिएको कमजोर आत्मविश्वासले आशा गर्ने ठाउँ नरहेको बताए । आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मलिएको दाबी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटबारे सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेको भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भन्दै उनले प्रश्न गरे ।

उनले १२ खर्बको राजस्व र १८ खर्बको बजेटले नेपाली जनताको जीवनलाई समृद्ध तुल्याउन नसक्ने बताए ।