काठमाण्डु – नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालबिच भेटवार्ता भएको छ।
हरिसिद्दीस्थित विप्लव निवास पुगेमा उनीहरूबीच भेटवार्ता भएको हो। विप्लवलाई भेट्न उनीहरू त्यहाँ पुगेका हुन्।
माओवादी केन्द्रसँग अलग भएपछि शर्माले नेपाल प्रगतिशील अभियान सुरु गरेका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरण गर्ने चर्चाकाबीच उनीहरू छलफलमा जुटेका हुन् ।
विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।
शर्माले बिहीबार वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।




प्रतिक्रिया