प्रधानमन्त्री प्रचण्डकै सामुन्ने विप्लवको घोषणा : एमसीसी कार्यान्वयन हुन दिँदैनौं

प्रधानमन्त्री प्रचण्डकै सामुन्ने विप्लवको घोषणा : एमसीसी कार्यान्वयन हुन दिँदैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – समाजवादी मोर्चाको घटक नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोगको एमसीसी परियोजना कार्यान्वयन हुन नदिने घोषणा गरेका छन् ।

आज मंगलवार बुटवलमा आयोजित समाजवादी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सामुन्ने भने, ‘नेपालको कानून, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौं, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्त सहितको सहयोग हामीलाई चाहिँदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन, यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’

बुटवलको सभामा प्रधानमन्त्री प्रचण्ड समेत उपस्थित थिए । प्रचण्ड नेतृत्वकै सरकारले भोलि बुधवारबाट एमसीसी परियोजना कार्यान्वयन गर्दैछ । एमसीसी कार्यान्वयनको पूर्व सन्ध्यामा महासचिव विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आन्दोलन गरेको छ ।

सभामा विप्लवले भने, ‘देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन चाहेका छौं, त्यसैका लागि यो मोर्चा बनेको हो, हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।’