अब माओवादी एकै ठाउँमा उभिइसके : महासचिव विप्लव

अब माओवादी एकै ठाउँमा उभिइसके : महासचिव विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि अब माओवादी एकै ठाउँमा उभिइसकेका बताएका छन् ।

समाजवादी मोर्चा गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई पोखरामा सम्बोधन गर्दै महासचिव विप्लवले व्यवस्था परिवर्तनका लागि माओवादीको योगदान रहेकाले जनताको अधिकार सुरक्षाका लागि माओेवादी जुटिसकेको बताए ।

उनले सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखलाई हत्याराको प्रचार गरिएकाले कुप्रचारविरुद्ध माओवादी एकै ठाउँमा उभिएर लड्ने बताए ।

गणतन्त्र कमजोर हुन थालेपछि, क्रान्तिबाट पछारिएको प्रतिगामी पुनः उठ्न थालेपछि क्रान्तिकारीतर्फ अतिक्रमण हुन थालेको उनले बताए ।