विप्लवका मोरङ जिल्ला इन्चार्ज नेकपामा प्रवेश

विप्लवका मोरङ जिल्ला इन्चार्ज नेकपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विप्लव समुहका मेची–कोशी व्यूरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

आज बिहान खुमलटारमा उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्ने बताए ।

नवप्रवेशी राईले नेकपा विप्लव नेतृत्वको पार्टीले गरेको अराजक गतिविधिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने भएको बताउँदै समृद्ध र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो समुह परित्याग गरेको बताए ।

अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपाको भ्रममा परेर रहेका सम्पूर्ण इमान्दार र क्रान्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मुलधार नेकपामा आउन आग्रह गरे ।