ललितपुरमा विप्लवका विद्यार्थी बाँडे विपन्न परिवारलाई राहत

ललितपुरमा विप्लवका विद्यार्थी बाँडे विपन्न परिवारलाई राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले ललितपुरमा कोरोना महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई राहत वितरण गरेको छ ।

जिल्ला अध्यक्ष अग्रीमको नेतृत्वमा १० श्रमिक परिवारलाई राहत वितरण गरिएको र अन्य क्षेत्रमा पनि हेरेर उपलव्ध गराउन प्रयास गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

साथै अग्रिमले एक विज्ञप्ति जारी गरी कोरोना भाईरसको महामारीको जोखिमको यस्तो समयमा समेत सरकार र जनप्रतिनिधिहरुले आसेपासेलाई मात्र राहत उपलव्ध गराएर वास्तविक श्रमित र पीडितहरुलाई नदिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।