संकटमा जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सरकारलाई विप्लवको चेतावनी

संकटमा जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सरकारलाई विप्लवको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीले त्रासमा रहेका जनताको उपचारमा सरकारले कोरोना महामारीले आक्रान्त बनेका जनतामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रण र जनतालाई राहत पुर्याउन लाग्नुको सट्टामा स्वास्थ्य परीक्षण जस्तो संवेदनशील विषय र राज्यको न्यूनतम दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय भएको बताएका छन् ।

‘यसले सरकारको जनताप्रतिको चरम लापरवाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण समुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कोरोना महामारीविरुश्रद्ध खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरुप्रति गम्भीर ध्यानआकर्षण भएको बताइएको छ ।

विप्लवले कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिरहेका सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलाई विशेष सुविधा र स्वास्थ्य तथा सामाजिक सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।

‘राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य संकटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रुपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस संकटको बेला जनताको स्वास्थ्यमा खेलवाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहान्छौं’, उनले भनेका छन् ।

यस्तो छ आन्दोलनका कार्यक्रम

कात्तिक १५ गते कोणसभा,
१७ गते पर्चा वितरण
२० गते विरोध जुलुस