विप्लवसहित २१ राजनीतिक संगठनले सरकारविरुद्ध आन्दोलन चर्काउने

विप्लवसहित २१ राजनीतिक संगठनले सरकारविरुद्ध आन्दोलन चर्काउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २१ वटा राजनीतिक दलहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।

जनताका पक्षमा संघर्षरत २१ राजनीतिक संगठनको कार्यगत एकताको बैठकले मंसिर ७ गते माइतिघरमा सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले एमसीसी खारेज, भारतले अतिक्रमा गरेको लिपुलेक, लिम्पियाधुरा र लिपुलेक, सुस्ता महेशपुर आदि भू-भागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोरोना रोकथाम तथा नियन्त्रण र निःशुल्क उपचार, बेराजगार र उखु किसानको बक्यौता रकम तुरुन्त दिन माग गर्दै सरकारलाई दबाब दिने निर्णय गरेको छ ।