देवचुलीमा सहिद परिवारलाई भेटेर काठमाण्डु हिँडे विप्लव

देवचुलीमा सहिद परिवारलाई भेटेर काठमाण्डु हिँडे विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव काठमाण्डु हिँडेका छन् । शुक्रबार बिहान नवलपरासीको देवचुलीमा सहिद परिवारहरुलाई भेटेपछि उनी काठमाण्डु हिँडेका छन् ।

महासचिव विप्लव सरकारसँग सम्झौतामा हस्ताक्षरका लागि काठमाण्डु आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले दिउँसो काठमाण्डुमा सम्बोधन गर्ने कार्यक्रम छ ।

उनलाई प्रहरीले स्कर्टिङ गरेर काठमाण्डु ल्याउँदैछ । सरकारले प्रतिबन्ध लगाएपछि उनी पहिलोपटक सार्वजनिक भएका हुन् । बिहीबार सरकार र नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।