विप्लवको चेतावनीः एमसीसी पास गर्न खोजे झिल्को राँको बन्छ

विप्लवको चेतावनीः एमसीसी पास गर्न खोजे झिल्को राँको बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू भए झिल्को राँको बन्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंको खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसीलाई जवरजस्ती पास गर्न खोजे झिल्को राँको बन्ने चेतावनी दिएका हुन् ।

‘आजको जुलुस झिल्को मात्रै हो । यदि एमसीसीलाई जवरजस्त पास गर्न खोजियो भने यो झिल्को राँको बन्नेछ । एमसीसी आइहाल्यो भने के हुन्छ ? अमेरिकाले नेपालमा अखडा जमाउँछ । तीव्र गतिमा प्रगति गरिरहेको चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन्छ’, उनले भने, ‘हाम्रा विकास पूर्वाधार हामी नै सुरक्षा गर्न सक्छौँ। त्यसका लागि अमेरिकी सेना चाहिँदैन । हामी आउन पनि दिँदैनौँ ।’

विप्लवले देशको माया हुनेलाई एमसीसीविरुद्ध ओर्लिन पनि आह्वान गरेका छन् । उनले आजैको दिनबाट टाउकोमाथि थुपार्न खोजिएको दबाब र हस्तक्षेपविरुद्ध लड्नुपर्ने बताए ।