काठमाडौं उपत्यकामा विप्लव समूहको बम बनाउने कारखाना भेटियो


काठमाडौं – प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहको बम कारखाना फेला पारेको छ ।

प्रहरीले काठमाडौंमा उपत्यकाका दुई ठाउँमा विप्लव समूहको बम कारखाना फेला पारेको ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए ।

प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटार र ललितपुर महानगरपालिका ११ स्थित इखाछेबाट बम बनाउने कारखाना फेला परेको हो ।

प्रहरीले ललितपुरबाट विप्लवका नेता ४१ वर्षीय श्याम भन्ने सानुराज बज्रचार्यलाई पक्राउ गर्दा यस्तो तथ्य खुलेको हो ।

उनको साथबाट सकेट बम ३ थान, कटुवा पेस्तोल १ थान र ने.क.पा. (बिप्लप समुह)संग सम्बन्धित पुस्तक, लेटर प्याड समेत फेला पारिएको र उल्लेखित सकेट बम ३ थान फेला पारेको थियो ।

त्यस्तै तारकेश्वरमा बज्राचायृको डेराबाट हेन्ड ग्रिनेट बनाउन प्रयोग हुने घ्यु कलरको बाहिरी कभर ९८ थान, हेन्ड ग्रिनेट बनाउन प्रयोग हुने हरियो कलरको बाहिरी थान ८५ थान, आधा विस्फोटक पदार्थ भरिएको हरियो रंगको ग्रिनेट ३५ थान, विस्फोटक पदार्थ बम बनाउन प्रयोग हुने एक सिल, सिल्स जोइन, फिक्स ब्युल्ड लेखिएको कच्च पदार्थ १४ थान, बम बनाउन प्रयोग हुने हान्स लोखिएको स्टिल बल ९ बट्टा, बम बनाउन प्रयोग हुने हान्स लोखिएको स्टिल बल १२ प्याकेट, प्लाष्टिकको बट्टामा राखिएको विस्फोटक पदार्थ बारुद गन पाउडर २ थान, विस्फोटक पदार्थ डेटोनेटर १ थान, रिमोट सेट २ थान, विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने औजार तथा उपकरण, हतियारको बड् जस्तो देखिने एक थान, सानुरा बज्राचार्यको नाको राहदानी १ तथा नागरिकता , विप्लव समूहसँग सम्बन्धित दस्तावेज फेला पारेको थियो । ,

प्रतिक्रिया दिनुहोस
Advertisement