विप्लव र कमल थापाबीच भेटवार्ता


काठमाण्डु— नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको थियो ।

विप्लव आफ्ना केही नेता लिएर अध्यक्ष थापालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । उत्त, भेटमा समसामयिक राजनीतिक परिवेशबारे छलफल भएको जनाइएको छ ।

अध्यक्ष थापाले केपी ओली सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने धारणा राखेका थिए । विप्लवले सबै दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रमअन्तरगत थापासँग पनि भेटवार्ता गरेका हुन् । उनले पछिल्लो समय सबै दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

यसअघि महासचिव विप्लवले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement