काठमाण्डु – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच औपचारिक वार्ता सुरु भएको छ । बुधबार बिहानबाट बालुवाटारमा वार्ता सुरु भएको स्रोतले जानकारी दियो ।
वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका छन् ।
वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेकाे छ ।




प्रतिक्रिया