सरकार र विप्लव नेकपाबीच वार्ता जारी, प्रतिवन्ध हटाउने तयारी

सरकार र विप्लव नेकपाबीच वार्ता जारी, प्रतिवन्ध हटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारी पक्षबीच वार्ता सुरु भएको छ ।

आइतबार विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य चिरन पुन र सरकारका एक मन्त्रीबीच काठमाण्डु उपत्यकाभित्रै वार्ता जारी रहेको स्रोतले जानकारी दियो ।

वार्तालगत्तै नेकपामाथि लागेको प्रतिवन्ध हटाउने सरकारको तयारी छ । प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई मूलधारमा आउन आग्रह गरेका थिए ।  शनिबार महासचिव विप्लवले सरकारसँग वार्ता गर्न तयार रहेकाे बताएका थिए ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो,’ उनले विज्ञप्तिमा भनेका छन्,‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’