विप्लवको राजनीतिक भेटवार्ता तिव्र, ओली भेट्न बालकोट पुगे

विप्लवको राजनीतिक भेटवार्ता तिव्र, ओली भेट्न बालकोट पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेविक्रम चन्द विप्लवसहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान ओली निवास बालकोट पुगेका महासचिव विप्लवसँगै प्रवक्ता खड्गप्रसाद विश्वकर्मा, धर्मेन्द्र बाँस्तोलालगायतका नेताहरुले भेटवार्ता  गरेका हुन् ।

नेकपाका नेताहरुले अ‍ोली नेतृत्वको सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ ।

महासचिव विप्लवले पछिल्लाे समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरिरहेका छन् । विप्लवले केहीदिन अगाडि माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।