प्रतिबन्धको दुई वर्षपछि सरकार र विप्लव नेकपाबीचको वार्ताः होला त सहमति ?

प्रतिबन्धको दुई वर्षपछि सरकार र विप्लव नेकपाबीचको वार्ताः होला त सहमति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।

आइतबारबाट काठमाण्डुमा जारी वार्ता सकारात्मक दिशामा अगाडि बढेको वार्तामा सहभागी एक प्रतिनिधिले जानकारी दिए । सरकारले हिँसात्मक गतिविधि गरेको गरेको भन्दै नेकपामाथि २०७५ फागुनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिबन्धको करिब दुई वर्षपछि सरकारले नेकपाका माग पूरा गर्दै प्रतिबन्ध हटाउने तयारी गरेको छ । वार्ता टोलीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य चिरन पुन र सरकारका एक मन्त्री रहेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई विनासर्त रिहा गर्नुपर्ने, राजनीतिक मुद्दा फिर्ता र आफुहरुमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग राखेको छ ।

वार्तालगत्तै नेकपामाथि लागेको प्रतिवन्ध हटाउने सरकारको तयारी छ । प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई मूलधारमा आउन आग्रह गरेका थिए । शनिबार महासचिव विप्लवले सरकारसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री ओली पनि विप्लव नेतृत्वको नेकपालाई सेफ ल्याण्डिङ गराउने विषयमा केन्द्रीत देखिएका छन् । उनले नेकपालाई राजनीतिक मूल धारमा ल्याएर चुनावमा सहकार्य गर्ने मनस्थिति बनाएको स्रोतले जानकारी दियो ।

सरकारले नेकपासँगको वार्तालाई गोप्य राखेको छ । प्रचण्ड–नेपाल समूहले वार्ता भाँड्न सक्ने भएकाले सकारात्मक नतिजा आउने गरी गोप्य वार्ता गरिएको सरकारी वार्ता टोलीले जनाएको छ ।