विप्लव कार्यकर्ताबाट कुटिए सत्तारुढ नेकपाका नेता

विप्लव कार्यकर्ताबाट कुटिए सत्तारुढ नेकपाका नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले कुटपिट गरेका छन् । नेकपा केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरसिंहमाथि बुधबार बिहान कुटपिट भएको हो ।

जाजरकोटको बारेकोट गाँउपालिकामा पालिका स्तरीय नेकपाको पर्टी कमिटीका पदाधिकारीलाई सपथ खुवाउन जाँदै गर्दा बाटोमै विप्लवका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

आफूलाई विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता बताउने अर्जुन नामका युवाले बेस्सरी गाली गर्दै लौराले पिटेको डम्बरबहादुर सिंहले बताए ।

नेकपाका जाजरकोट पार्टी अध्यक्ष ढकवीर रानाले घटना निकै दुःखद् भएको र घटनामा संलग्न भएकाहरुलाई कडा कारबाही हुनुपर्ने बताए । प्रहरीले आक्रमणकारीको खोजी तीव्र पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले घटनाबारे जानकारी पाएपछि घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरिसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भइहेको बताए ।