नेपालमा ५ सय र १ हजारका नोट खारेज गर्न नेकपाको माग (१७ बुँदे निर्णयसहित)

नेपालमा ५ सय र १ हजारका नोट खारेज गर्न नेकपाको माग (१७ बुँदे निर्णयसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपाले असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने माग गरिएको छ ।

नेपालमा ५०० र १००० दरका नोट खारेज गर्ने, कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले जेनजी विद्रोहपछि कम्युनिस्टहरुबीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ ।