विप्लव माओवादीले भन्यो – हत्याको बदला जनक्रान्तिकै माध्यमबाट लिन्छौ 


काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रहरीले आफ्ना जिल्ला इन्चार्जको हत्या गरेको दाबी गरेको छ ।  प्रहरीले प्रतिवन्धित विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको झडपमा मृत्यु भएको दावी गरेपछि विप्लव समुहले भने प्रहरीले हत्या गरेको दाबी बताएको छ । 

विप्लव पार्टीका जनकपुर ब्यूरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै प्रहरीले बिहीबार दिउंसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरेका छन् । 

उनी जिल्ला इन्चार्ज भएको थाहा पाएपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी हत्या भएको विज्ञप्तिमा दाबी गरिएको छ । 

विज्ञप्तिमा हत्याको भत्सर्ना गर्दै यसको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने जनाइएको छ । विज्ञप्तिमा पौडेलको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै उनीलाई सहिद घोषणा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement