वीर अस्पतालका निर्देशक शर्माले दिए राजीनामा

वीर अस्पतालका निर्देशक शर्माले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

अध्यादेश अन्तर्गत पदमुक्त हुनेमा नपरेका शर्माले राजीनामा दिएपछि वीर अस्पताल नेतृत्वविहीन बनेको छ ।

‘अध्यादेशको नियममा परेपनि नपरेपनि सरकारलाई सहयोग गर्नका लागि हिजो दिउँसो राजीनामा बुझाएको हुँ, सबै नियम अनुसार चल्ने भएपछि मैलेपनि अध्यादेशको मर्मअनुसार नियम मानेको हुँ’ शर्माले काठमाण्डुपाटी सँग भने ।

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा.शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।

अहिले सम्म उनको राजीनामा स्वीकृत भइसकेको भने छैन ।

सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न अध्यादेश ल्याएको थियो। अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थानका पदाधिकारी पदमुक्त भइसकेका छन्।