काठमाण्डु – कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा कोरोना सङ्क्रमित तथा नन कोभिडको उपचार व्यवस्थापनमा सहजीकरण गर्न २ जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ ।
कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालमा परिवर्तन भएको वीर अस्पतालमा कोभिड उपचार व्यवस्थापनका लागि प्रमुख कन्सल्टेन्ट चेस्ट फिजिसियन सह प्राडा अशेष ढुङ्गाना नन् कोभिडतर्फको उपचार व्यवस्थापनका लागि वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. नविन पोखरेललाई उपनिर्देशकको जिम्मेवारी दिइएको हो ।
कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले आइतबार दुई जना उपनिर्देशक नियुक्त गरेका हुन् ।




प्रतिक्रिया