वीर अस्पतालको भिभिआइपी कक्षमा २९ वर्षमा एकजना पनि छिरेनन्

वीर अस्पतालको भिभिआइपी कक्षमा २९ वर्षमा एकजना पनि छिरेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् ।

चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको छ ।

वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरुसँग भेटघाट गर्ने परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछ्ुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सका लागि छुट्टाछुट्टै कोठा छन् ।

यसबाहेक बान्सा र बाथरुम छन् । पञ्चायत कालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।