काठमाण्डु – वीर अस्पतालका चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् ।
कोरोना भाइरसको महामारीमा ज्यानको परवाह नगरी बिरामीको उपचार खटिरहेका चिकित्सकहरुलाई दशैंतिहार भत्ता नदिएको, एकदिनको तलब काटेर दिएको भन्दै आकस्मिक कक्षमा कार्यरत १७ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन् ।
आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरुले विभिन्न माग राख्दै आएको भए पनि वेवास्ता गरेको भन्दै राजीनामा बुझाएका हुन् ।
‘हामीलाई ज्यालादारी भनेर दशैं तिहार भत्ता नदिने, एकदिनको तलब भत्ता कट्टा गरेर दिएको, उपर्युक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्ताको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहान्छु’, राजीनमा पत्रमा भनिएको छ ।
राजीनामा दिने मेडिकल अधिकृतहरुमा डा. कौशलेन्द्र चौधरी, शुशोभित कार्की, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. विशेष शिवाकोटी, डा. कृष्टि थापा, डा. राकेश कुमार सिंह, डा. शोभा थापा, डा. कीर्ति गोपाल ढंगोल, डा. सन्तोष कुमार शाह, डा. आयुषी शर्मा नेपाल, डा. भविन्द्र कार्कीडा. ओजीर दिवान र डा.योगी बज्र लामा लगायत रहेका छन् ।




प्रतिक्रिया