वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोरोना अस्पताल बनाउने तयारी

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोरोना अस्पताल बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।

सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन् ।

काठमाण्डु उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ ।