काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको अनुपस्थितिमा उपनेता विराजभक्त श्रेष्ठले संसदीय दललाई ‘कमाण्ड’ गर्न थालेका छन् ।
संसद्को हिउँदे अधिवेशन आह्वान भइसकेको अवस्थामा उपनेता श्रेष्ठले माघ १८ गते बिहान संसदीय दलको बैठक बोलाएका छन् ।
पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने सहकारी ठगीको आरोपमा निलम्बनमा परेपछि उपनेता श्रेष्ठले सक्रियता देखाएका छन् । उनले भने, ‘पार्टी विधानको दफा १३ (१) बमोजिम १६ माघ बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाइएको छ ।’
संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा संसद्को आगामी अधिवेशन तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया