काठमाण्डु – विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिरामी कुरुवाले कुटपिट गरेका छन् ।
आकस्मिक कक्षमा खटिएका डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । बिरामीका कुरूवाले सुरूमा सुरक्षा गार्डमाथि हातपात गरेका थिए ।
त्यसपछि चिकित्सकलाई कुटपिट गरेको अस्पतालले जनाएको छ । कुटपिट गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समूहले आक्रमणमा उत्रिएको बताइएको छ ।




प्रतिक्रिया