बन्द भयो विवादित भारतीय दुतावासको अस्थायी क्याम्प


काठमाडौं – भारतीय दुतावासले विराटनगरमा एक दशकदेखि सञ्चालन गर्दै आएको क्याम्प अफिसको काम आजदेखि बन्द गरेको छ ।

कोशीको बाँध फुटेपछि दुतावासले ०६५ भदौमा स्थापना भएको सम्पर्क कार्यालय विवादित रहँदै आएको थियो । सम्पर्क कार्यालयका प्रमुख निरज जैसवालले दुतावासले बुधबारबाट कार्यालयबाट प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको बताए ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा विराटनगरस्थित सम्पर्क कार्यालय बन्द गर्न समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण गराएपछि कार्यालय बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement