विराटनगरमा भोलिदेखि दुई साता ‘लकडाउन’

विराटनगरमा भोलिदेखि दुई साता ‘लकडाउन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोरोना भाइरस संक्रमणदर बढ्न थालेपछि विराटनगरमा फेरि दुई साताका लागि घोषणा गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित विराटनगर महानगरपालिकाले दुई साताका लागि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेपछि महानगरपालिकाले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् ।