विराटनगरस्थित नोवेल मेडिकल कलेजमा तोडफोड

विराटनगरस्थित नोवेल मेडिकल कलेजमा तोडफोड


काठमाण्डु – विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विभिन्न विद्यार्थी संगठनका कार्यकर्ताले तोडफोड गरेका छन् ।

अतिरिक्त शुल्कको बिषयमा विवाद हुँदा विद्यार्थीहरुले विद्यार्थी संगठन गुहारेका हुन् । १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ ।

एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले गेट फोडेर नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन । नोवेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने विद्यार्थी संगठनहरुले नाराबाजी जारी राखेका छन् ।