रेमन रिफर ‘वान म्यान आर्मी’ बन्दा पोखराले विराटनगरलाई हरायो

रेमन रिफर ‘वान म्यान आर्मी’ बन्दा पोखराले विराटनगरलाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

पोखराले विराटनगरलाई सुपर ओभरमा १२ रनले जितेको हो ।

रेमन रिफर वान मेन आर्मी बने । उनले सुपर ओभरको ४ बलमा १७ रन जोडे । भने बलिङमा १ ओभरमा ४ रन मात्र दिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले ७ विकेट क्षतिमा १३९ रन बनाएको थियो।

टस जितेर ब्याटिङ रोजेको विराटनगर किंग्सले ७ विकेट क्षतिमा १३९ रन बनाएपछि खेल टाइ बनेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराका रेमन रिफरले २ छक्का र १ चौका हान्दै १८ रन बनाए ।

जितका लागि १९ रनको लक्ष्य पाएको विराटनगरले मार्टिन गुप्टिल र निकोलस किर्तनलाई ब्याटिङमा आए । बलिङमा आएका रिफरले १ ओभरमा जम्मा ५ रन मात्र दिए ।

यो सँगै विराटनगर नेपाल प्रिमियर लिगको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको छ।